समाचार आइतबार, माघ ५, २०७६

अध्यक्षबीच सभामुखमा सापकाेटामा सहमति

हिमालखबर

अध्यक्षबीच सभामुखमा सापकाेटामा सहमति
फाइल तस्वीर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच अग्नि सापकोटालाई सभामुख बनाउने सहमति भएको छ ।

आइतबार बिहान बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफलबाट उक्त सहमति जुटेको बताइएको छ ।

आइतबार अपराह्न ४ बजे बस्ने सचिवालय बैठकले अनुमोदन गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस