सार्वजनिक बसभित्र अश्लिल हर्कत गर्ने युवक एक वर्षपछि पक्राउ
एक वर्षअगाडि सार्वजनिक बसमा अश्लिल हर्कत गरेर सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले युवकलाई सोमबार चितवनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटना र पक्राउ परेका युवकबारे थप जानकारी दिन महाशाखाले ११ बजे पत्रकार सम्मेलन गर्दैछ।
एक वर्षअघि डल्लुदेखि लगनखेल सम्मको रूटमा चल्ने बसमा हस्तमैथुन गरेर अघिल्लो सिटमा बसेकी एक महिलाको कपालमा विर्य स्खलन गरेको भिडिओ सार्वजनिक भएको थियो । उक्त भिडियो सार्वजनिक भएपछि संलग्न व्यक्तिको खोजी गरि कारवाही गर्न भनेर महाशाखामा उजुरी परेको थियो ।
उजुरीपछि प्रहरीले मिहिन अनुसन्धान गर्दै आएको महाशाखाले फेसबुक मुख्यालयसँगसमेत सहयोग मागेर अनुसन्धान गरिरहेको थियो ।