‘टु प्लस वान’ त्रिदेशीय साझेदारीको अवधारणाः चिनियाँ राजदूत
‘टु प्लस वान’को अवधारणा त्रिपक्षीय सहकार्य भएको चीनले प्रष्ट पारेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यो अवधारणा त्रिदेशीय सहकार्य भएको बताइन् ।
“टु प्लस वानको अवधारणा भनेको तीन देश बीचको बराबर हैसियत हो”, राजदूत यान्कीले भनिन् । याे अवधारणाले चीन, भारत र नेपाल बीचको सहकार्यलाई समान हैसियतका साथ अगाडि बढाउने उनको भनाइ छ ।
राजदूत यान्कीले यसबारे बुझाउन अफगानिस्तानको उदाहरण दिएकी थिइन् ।
अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सोधिएको प्रश्नमा उनले यसबारे नेपाल स्वतन्त्र रहेको बताइन् ।
राजदूत यान्कीको भनाइ छ, “नेपालले चीनसँग मात्रै सहयोग लिनुपर्छ भन्ने छैन, आफ्नो देशको हित हेरेर स्वतन्त्र निर्णय लिनुपर्छ ।” कुनै देशको सहयोग लिंदा अस्तक्षेपमा नभएर स्वतन्त्र भएर लिनुपर्ने उनले बताइन् ।
चीन र नेपालको सुरक्षा चासोबारे दुवै देश सचेत र प्रष्ट रहे पनि अन्य देशले खेल्न चाहेको उनले बताइन् । तर, दुई देश बीचको सम्बन्ध बिग्रन दिन नहुने उनले बताइन् । राजदूत यान्कीले पर्यटन भिषामा नेपाल आउने चिनियाँ सवै पर्यटकीय उद्देश्यमा नआएको उनले बताइन् ।
केही समय अगाडि काठमाडौंका विभिन्न स्थानमा पक्राउ परेका चिनियाँहरुले यहाँ बसेर चीनका लागि विद्युतीय आतंक मच्याइरहेको राजदूत यान्कीले बताइन् ।