नेकपा सचिवालय बैठक शुक्रबार बिहान फेरि बस्ने
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बिहान बस्नेगरी सकिएको छ ।
बिहीबार दिउँसो चार बजेबाट साँझसम्म चलेको बैठकमा राष्ट्रियसभाको उम्मेद्वारबारे छलफल भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए । उनका अनुसार, उम्मेद्वार टुंगो लाग्न भने सकेन ।
शुक्रबार बिहान ८ः३० बजे फेरि बैठक बसेर उम्मेद्वार टुंगो लगाइने भएको छ । यसबारे नेकपा सचिवालयले नेकपामा सभामुख चयन, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायत बारे छलफल हुनेछ ।
सभामुखबारे टुंगो लाग्न नसक्दा ४ पुसमा बोलाइएको प्रतिनिधिसभा बैठक बस्न सकेको छैन ।