नेकपामा जुटेन सहमति, प्रतिनिधिसभा बैठक १० दिनलाई स्थगित
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सहमति जुट्न नसक्दा प्रतिनिधिसभा बैठक लगातार स्थगित हुँदै आएको छ ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच मंगलबार बिहान भएको छलफलमा सहमति नजुटे पछि सूचना टाँसेर प्रतिनिधिसभा बैठक २७ पुसमा बस्नेगरी स्थगित गरिएको छ ।
बलात्कार आरोप लागे पछि गत १४ असोजमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । उक्त पदमा तत्कालीन एमाले र माओवादी केन्द्रले अडान नछोड्दा प्रतिनिधिसभा बैठक प्रभावित हुँदै आएको छ ।
४ पुसबाट शुरु भएको बैठक ११ पुससम्मका लागि स्थगित भएको थियो । तर, ११ पुसमा समेत बस्न नसकेको बैठक २७ पुस दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।