विप्लवनिकट १५ कार्यकर्ता पक्राउ
राजधानीबाट नेत्रविक्रम चन्द (विप्लव) समूहका एक दर्जन बढी कार्यकर्ता पक्राउ परेका छन् ।
आइतबार दिउँसो प्रदर्शनीमार्गबाट प्रहरीले १५ जनालाई पक्राउ गरेको हो ।
विप्लव समूह निकट रहेको अखिल क्रान्तिकारीले आयोजना गर्न लागेको भारतको सीमा अतिक्रमणविरुद्धको प्रदर्शनमा ती कार्यकर्ता पक्राउ परेका हुन् ।
विप्लव कार्यकर्ताले सीमा रक्षा हुनुपर्नेलगायत नारा लगाउँदै प्रदर्शन गरेका थिए।
सरकारले गत वर्ष फागुनमा विप्लव समूहका गतिविधिमा प्रतिबन्ध लगाएपछि सयौं नेता तथा कार्यकर्ता पक्राउ परेका छन्।