बिहीबार बिहान खण्डग्रास सूर्य ग्रहण, ग्रहण झण्डै तीन घण्टा रहने
बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । नेपाली समय अनुसार बिहान ८ः४२ बजे सूर्य ग्रहण शुरु हुनेछ भने १०ः०१ बजे मध्य हुने र ११ः३१ बजे सूर्य ग्रहण सकिनेछ ।
ग्रहणको अवधि २ घण्टा ४९ मिनेट हुनेछ । खण्डग्रास सूर्यग्रहण पश्चिम र दक्षिणको बीच भागबाट शुरु भएर पूर्व र दक्षिणको बीचबाट सकिनेछ ।
खण्डग्रास सूर्य ग्रहण नेपाल, भारत, श्रीलंका लगायत एशियाका सबै देशबाट देख्न सकिनेछ भने हिन्द महासागर, मलेशिया, पूर्वी यूरोप, उत्तर/पश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीका लगायत अधिकांश भागबाट देख्न सकिनेछ ।