महरालाई थुनामै राख्ने आदेश उच्च अदालतबाट सदर
बलात्कारको मुद्दामा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई नै सदर गरेको छ ।
न्यायाधीशहरू नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासले बिहीबार महराले गरेको पुनरावेदनको निवेदनमा उच्च अदालत पाटनले सुनुवाइ गर्दै जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो ।
यसअघि महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।