महराको निवेदनमाथि सुनुवाइ हुँदै
पूर्व सभामुख कृष्णबहादुर महराको पुनरावेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ हुँदै छ।
जिल्ला अदालत काठमाडौंको आदेश खारेजीको माग राख्दै महराले पुनरावेदन दिएका थिए। महराको पुनरावेदनपछि उच्च अदालतले अनुसन्धानदेखि थुनामा राख्न दिइएको आदेशको विवरण माग गरेको थियो।
जिल्ला अदालतबाट विवरण प्राप्त भएपछि मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले महराको पुनरावेदनको सुनुवाइ गर्दै छ।
जिल्ला अदालत काठमाडौंले प्राप्त अनुसन्धान प्रतिवेदनका आधारमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। महरालाई संसद् सचिवालयकै एक महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोपमा थुनामा राखिएको छ।
१२ असोज राति महराले ती महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि १४ असोजमा सभामुखबाट राजीनामा दिएका थिए। तर, महराले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन्।