घरायसी विवादमा विषसेवन, आमाको मृत्यु, ५ छोराछोरीको अवस्था गम्भीर
पर्सामा विषादी खानामा हालेर सेवन गर्दा आमाको मृत्यु भएको छ भने तीन वर्षीय छोरा गम्भीर अवस्थामा उपचार भइरहेको र अन्य चार छाेराछाेरी पनि सिकिस्त रहेकाे पर्सा प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२४ बहुअरी बस्ने जगदीश प्रसाद कुर्मीकी श्रीमती राधिका देवी रहेकी छन् । उनीसँगै उनका ३ वर्षीय छोरा विवेकप्रसाद कुर्मीसँगै अन्य ४ जनाकाे विषादी सेवनले गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गएराति विषादी सेवन गरेर वीरगन्जको तराई अस्पतालमा ल्याएको खबरपछि प्रहरीले विषादी सेवनबारे अनुसन्धान गरिरहेको जनाएको छ । भने मृत्यु भएकी राधिका देवीको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पुर्याएको पर्सा प्रहरीले जनाएको छ ।
विष सेवनको कारण घरायसी विवाद रहेको बताइएको छ । खाना कसले पकाउने भन्ने बारेमा आमा र छोरीबीच विवाद हुँदा आमाले खानामा विष हालेको बताइएको छ ।
विष सेवनपछि घाइते हुनेमा ३ वर्षीय विवेकप्रसाद कुर्मी, २० वर्षीय राकेश पटेल, १८ वर्षीय विकास पटेल, १७ वर्षीय विशाल पटेल र १६ वर्षीया मनिषा पटेल रहेका छन् । उनीहरूको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।