जबजबारे प्रशिक्षण चलाउँदै फाउण्डेसन
माओवादी केन्द्र बीच एकीकरण गरेको तत्कालीन एमालेले पार्टी वैचारिक कार्यक्रम जनताको बहुदलीय जनवाद (जवज) छोडेको छ ।
आगामी २९ मंसीरमा बस्ने नेकपाको स्थायी कमिटीले पार्टीको तत्कालीन कार्यक्रम जनताको जनवाद र मार्गदर्शक सिद्धान्त माक्र्सवादलाई पारित गर्ने योजना छ ।
तर, तत्कालीन एमालेसँग जोडिएको संस्था मदन भण्डारी फाउण्डेसनले जबजबारे देशव्यापी प्रशिक्षण चलाउने तयारी गरेको छ ।
फाउण्डेसनका सचिव पेम्बा लामाका अनुसार, देशभर जबजबारे प्रशिक्षण चलाउने तयारी भएको छ ।
३ जेठ २०५० मा दासढुंगा जिप दुर्घटनामा परी मदन भण्डारीको निधन भए पछि उनको बहुआयामिक जीवनका सम्पूर्ण विवरण सुरक्षित राख्ने उद्देश्य सहित ५ असोज २०५६ मा फाउण्डेसन स्थापना भएको हो ।
अहिले तिनै फाउण्डेसनले भण्डारीले अगाडि सारेको राजनीतिक कार्यक्रम जबजबारे प्रशिक्षण चलाउने भएको हो ।