‘गेट वेल सुन’ प्ले कार्ड सहित खेल पत्रकारहरु प्रदर्शनमा
तेह्रौं दक्षिण दक्षिण एसियाली खेलकुद (साग) फुटबल शुरु हुनु अगाडि पत्रकार सुमन चापागाईँ कुटिए पछि खेल पत्रकारहरु प्रदर्शनमा उत्रिएका छन् ।
टिकट नपाएका समर्थकहरुले दशरथ रंगशाला अगाडि पदर्शन गरेपछि प्रहरीले लाठी चार्ज गरेका थिए । लाठी चार्ज गरेको तस्वीर खिचेको भन्दै पत्रकार चापागाईँलाई प्रहरीले कुटेका थिए ।
डीएसपी सन्तोष राठोरले पत्रकार चापागाईँ कुटपिटमा परेपछि खेल पत्रकारहरु ‘गेट विल सुन’ लगायत प्ले कार्ड सहित प्रदर्शनमा उत्रिएका हुन् ।