विश्व कीर्तिमान बनाएकी अञ्जलीको फेरि पनि शानदार प्रदर्शन
भुटान विरुद्धको खेलमा विश्व कीर्तिमान बनाएकी अञ्जली चन्दले फेरि पनि उस्तै प्रदर्शन गरेकी छन् ।
दक्षिण एसियाली खेलकुद (साग) महिला क्रिकेटमा माल्दिभ्स विरुद्ध अञ्जलीले चार ओभरमा तीन मेडन सहित चार विकेट लिदा एक रन मात्रै दिएकी छन् । अञ्जलीले वाइडबाट एक रन दिएकी हुन् ।
अञ्जलीले आइमा ऐशाथलाई एलबीडब्लू गरिन् । हाज्मा, इयसाललाई बोल्ड गरिन् भने हाज्सा अब्दुलहालाई करुण भण्डारीको हातबाट क्याच गराएकी थिइन् । दश ओभरको खेल सकिदे माल्दिभ्सले ८ रन मात्रै जोडेको छ ।
त्यस मध्ये सात रन भने एक्स्ट्राबाट प्राप्त गरे । माल्दिभ्सका खेलाडीको ब्याटबाट अहिलेसम्म एक रन मात्रै निस्किएको छ ।