समाचार शनिबार, मंसिर २१, २०७६

बांग्लादेश विरुद्ध पारस खड्काको उत्कृष्ट बलिङ

हिमालखबर

बांग्लादेश विरुद्ध पारस खड्काको उत्कृष्ट बलिङ

तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा पूर्व कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गरेका छन् ।

टस जितेर फिल्डिङ रोजेको नेपालका लागि पूर्व कप्तान खड्काले दुई ओभरमा ३ विकेट लिदै ६ रन दिएका छन् । तेस्रो ओभरमा बलिङ गर्न आएका खड्काले एक विकेट लिदै दुई रन मात्रै दिएका थिए ।

चौथौं ओभरमा आएका खड्काले थप दुई विकेट लिदै चार रन खर्चिए । खड्काले मोहम्मद नाइम र हसनलाई बोल्ड गरेका थिए भने सौम्य सरकारलाई करण केसीको हातबाट क्याच गराएका थिए ।

पारसले तेस्राे ओभरमा एक रन मात्रै दिएका छन् । ६ ओभर सकिदा बांग्लादेशले तीन विकेट गुमाएर २८ रन जाेडेकाे छ ।

प्रतिकृया दिनुहोस