सानिमा ब्यांकको विशेष छुट अफर
सानिमा ब्यांकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा विशेष छुट अफर ल्याएको छ । “अफर सानिमा बैंकको, रोजाई तपाईको” नामक योजना अन्तरगत विभिन्न डिजिटल सेवा तथा सामग्री खरीदमा विशेष छुट अफर दिएको हो ।
ब्यांकले नयॉ तथा पुराना ग्राहक लक्षित अफर २०–२२ मंसीरसम्म लागू हुनेछ । अफर अन्तरगत ब्यांकले डेविट कार्ड, क्रेडिट कार्ड, ट्राभल् कार्ड, प्रायोरीटिपास, मोबाईल ब्यांकिङ तथा इन्टरनेट ब्यांकिङमा लाग्ने शुल्क नलिने भएको छ ।
ब्यांकले विभिन्न रेष्टुरेन्ट तथा विद्युतीय सामग्री तथा मोबाइल खरीदमा विशेष छुट दिने व्यवस्था गरेको छ ।