भारतीय धावकलाई पछि पार्दै गोपीचन्दले जिते स्वर्ण
तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) को पाँच हजार मिटर दौडमा भारतीय धावकलाई पछि पार्दै नेपालका गोपीचन्द पार्कीले स्वर्ण जितेका छन् ।
निर्धारित दूरी पार्कीले १४ मिनेट ५४ दशमलव २० सेकेन्डमा पूरा गर्दा भारतीय धावक सुनील धावरले १४ मिनेट ५५ दशमलव २१ सेकेन्डमा पूरा गरे । भारतीय धावकले लिइरहेको अग्रता अन्तिम समयमा तोड्दै गोपीचन्दले स्वर्ण जितेका हुन् ।
काँस्य पदक पनि नेपालकै हरिकुमार रिमालले जितेका छन् । उनले १४ मिनेट ५७ दशमलव ०५ सेकेण्डमा दूरी पार गरे । यो सँगै नेपालको स्वर्ण संख्या ३७ पुगेको छ ।