धरानमा भत्कियो कम्युनिष्ट किल्ला, कांग्रेसका तिलक राई मेयर
धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन् ।
नेकपाका प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले पराजित गर्दै कांग्रेस राई विजयी भएका हुन् । तिलक राईले २६ हजार ७०९ मत पाए भने प्रकाशले भने २३ हजार ९१४ मत पाए ।
धरानमा कम्युनिष्ट पराजित भएको पहिलो पटक हो । बहुदल पछि धरानमा कांग्रेसले जित्न सकेको थिएन । २०७४ को निर्वाचनमा एमालेका तारा सुब्बा मेयर निर्वाचित भएका थिए ।
उनको मृत्यु भएपछि सम्पन्न उपनिर्वाचनमा कांग्रेसले जितेको छ ।