कम्युनिष्ट किल्ला धरानमा कांग्रेसको जित सुनिश्चित
धरान उपमहानर पालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।
५५ हजार मत खसेकोमा ५३ हजार ५१७ मत गणना भइसक्दा कांग्रेसका उम्मेद्वार तिलक राईको अग्रता २५२२ मतको अग्रता बनाएका छन् । बाँकी सवै मत नेकपाका उम्मेद्वार प्रकाश राईलाई गए पनि कांग्रेसको जित सुनिश्चित भएको छ ।
यो नतिजासँगै धरानमा पहिलो पटक नेपाली कांग्रेसले जितेको छ । २०४८ यताका कुनै पनि निर्वाचनमा कांग्रेसले यो क्षेत्रबाट जित निकाल्न सकेको थिएन ।
२०४९, २०५४ र ०७४ को स्थानीय निर्वाचनमा एमालेले नै जितेको थियो । तर, ०७४ को निर्वाचनमा एमालेबाट जितेका तारा सुब्बाको निधन भए पछि भएको उपनिर्वाचनमा कांग्रेसले जित सुनिश्चित गरेको छ ।
सुनसरी–१ क्षेत्रमा पर्ने धरानबाट संसदीय निर्वाचनमा समेत कांग्रेसले जित्न सकेको थिएन ।