फाल्गुनन्द गाउँपालिका कांग्रेससँग खोस्यो नेकपाले
पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेकपाका बीरबहादुर करुम्वाङ निर्वाचित भएका छन् ।
कुरुम्बाङले ५ हजार ३६९ प्राप्त गर्दै ८०६ मत अन्तरले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वृजहाङ आङदेम्बेलाई पराजित गरेका हुन् । आङदेम्बेले ४ हजार ५६३ मत मात्रै प्राप्त गरे ।
यो गाउँपालिकामा २०७४ स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका थिए । तर, गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा नेकपा विजयी भएको छ ।