धरानमा कांग्रेसको अग्रता फराकिलो बन्दै
धरान उपमहानर पालिकामा नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईको अग्रता फराकिलो बन्दै गएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार प्रकाश राईलाई उनले ७५२ मतले पछाडि पारेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, तिलक राईले १३ हजार ४४३ मत प्राप्त गर्दा प्रकाश राईले १२ हजार ६९२ मत मात्रै पाएका छन् ।
प्रारम्भिक मतपरिणाममा पछाडि परेको कांग्रेसले लगातार अग्रता बढाउँदै लगेको छ । धरानमा २०७४ मा निर्वाचनमा एमालेका तारा सुब्बा विजयी भएका थिए ।