धरानमा कांग्रेसकाे अग्रता कायमै
धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको अग्रता कायम छ ।
धरानका वडा नम्बरहरू १४ देखि २० सम्मका सात वडाको मतगणनामा नेपाली कांग्रेस ४७७ मतले अगाडि छ । धरानमा कुल २० वडा छन् ।
कुल २३४०९ मत गणना हुँदा कांग्रेसले तिलक राईले १०९९४ र नेकपाका प्रकाश राईले १०५१७ मत पाएका छन् ।
वडा नम्बर १५ को गणनामा मतान्तर साँगुरो बनाउने अपेक्षा नेकपाको अपेक्षा थियो । तर, सोचेअनुरुप मत नआएको बताइन्छ ।
अब वडा नम्बर ७ र ८ मा नेकपाको आशा रहेको छ । बाँकी वडामा भने दुवै बढी नै पार्टी प्रतिस्पर्धी छन् ।
धरानमा यसअघिको निर्वाचनमा मेयर, उपमेयरसहित बहुमत वडामा तत्कालिन एमालेले विजय हासिल गरेको थियो ।
विजयी मेयर तारा सुब्बाको निधनपछि उपनिर्वाचन भएको हो ।