घोराहीमा कांग्रेसका डाँगी विजयी
दाङको घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्ष नेपाली कांग्रेसले जितेको छ ।
कांग्रेसका उम्मेद्वार ताराबहादुर डाँगी विजयी भएका हुन् । डाँगी एक हजार दुई सय २२ मत प्राप्त गरी विजयी भए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका सुरेशबहादुर केसी एक हजार एक सय १७ मत प्राप्त गरी पराजित भए ।