दाङमा नेकपाको अग्रता कायमै
दाङ–३ (ख) मा नेकपाको अग्रता कायमै छ । पछिल्लो मतपरिणामअनुसार, नेकपाका उम्मेद्वार बिमला वलीले ६ हजार ३३ मत प्राप्त गर्दै अग्रता कायमै राखेकी छन् ।
वलीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार केशवराज आचार्यले ४ हजार ३७ मत प्राप्त गरेका छन् ।
तुलसीपुर उपमहानगर पालिका–१ र २ तथा बबई गाउँपालिका–१, २, ३ र ४ को मतणना सकिएको छ ।