धरानमा पनि पछि पर्याे नेकपा
धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
कांग्रेसका उम्मेद्वार तिलक राईले नेकपाका उम्मेद्वार प्रकाश राईलाई ४३४ मतले पछि पारेका हुन् । वडा नम्बर १६ को मतगणना सकिदा तिलक राईले अग्रता लिएका हुन् ।
उनले ६ हजार ८५७ मत ल्याएका छन् प्रकाश राईले ६ हजार ४२३ मत प्राप्त गरेका छन् ।