पोखरामा विद्या भट्टराईको फराकिलो अग्रता
प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भएको एक मात्र क्षेत्र कास्की–२, नेकपाका उम्मेद्वार विद्या भट्टराईले फराकिलो अग्रता लिएकी छन् ।
आइतबार दिउँसोसम्मको मतपरिणामअनुसार, भट्टराईले १४ हजार ८५० मत पाएकी छन् । निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले ७ हजार ८५० मत पाएका छन् ।
एघार वडा मध्ये पाँच वडाको गणना सकिदा भट्टराईले दोब्बर मतअन्तरले अग्रता लिएकी छन् ।
अहिलेसम्म वडानम्बर १६, १७, २०, २१ र ३३ को गणना सकिएको छ ।