मोरङमा कांग्रेसको जित
मोरङको धनपालथान–२ मा नेपाली कांग्रेस र समाजबादी पार्टीका साझा उम्मेदवार नारायणप्रसाद साह २ सय ४ मतको अन्तरले विजयी भएका छन् ।
२०७४ को निर्वाचनमा तत्कालीन एमालेले जितेको वडामा त्यस बेला पराजित कांग्रेसका साह नै यस पटक निर्वाचित भएका हुन् ।
साहले १ हजार ७ सय १ मत प्राप्त गरेका छन् भनें उनको प्रतिद्धन्द्धी नेकपाका उम्मेदवार पंकजकुमार मण्डलले १ हजार ४ सय ९७ मत ल्याएका छन् ।
वडा अध्यक्ष बलिराम भगतको सर्पले डसेर मृत्यु भएपछि मोरङको एक मात्रै वडामा उपनिर्वाचन भएको हो । २०७४ को निर्वाचनमा नेकपा (एमाले, माओवादी) को भन्दा कांग्रेसको मत आधा भन्दा कम थियो ।