राप्रपाबाट शोभा गुरुङ, जीवलाल पुरी र सोनेलाल साह उम्मेदवार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपनिर्वाचनमा शोभा गुरुङ, जीवलाल पुरी र सोनेलाल साहलाई उम्मेदवार बनाउने भएको छ।
राप्रपा संसदीय बोर्डको आइतबार बसेको बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो। बोर्ड बैठकले तनहुँ-१ मा शोभा गुरुङ, चितवन-२ मा जीवलाल पुरी र बारा-२ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।
नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि नै उम्मेदवारको टुङ्गो लगाइसकेका छन्। एमाले र कांग्रेसले दुई क्षेत्रमा र रास्वपाले तीनै क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको हो।
उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। आगामी वैशाख १० गते मतदान हुनेछ।