बकर इदका लागि असार २६ मा सार्वजनिक बिदा
बकर इदका अवसरमा सरकारले असार २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
इस्लाम धर्मालम्बीको पर्व बकर इदमा बिदा दिने व्यवस्था अनुसार, असार २६ गते बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जनाएका छन्। उनले बुधबार सूचना प्रकाशित गरी मुस्लिम आयोगका अनुरोधमा बिदा दिइएको जनाएका छन्।