काठमाडौंमा ५० मिमि पानी पर्यो, भोलि मध्यम वर्षाको सम्भावना
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४९.९ मिलिमिटर (मिमि) पानी परेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंपछि सबैभन्दा बढी वीरेन्द्रनगरमा २४ मिमि पानी परेको छ। यस्तै जुम्ला १५.७, ओखलढुंगामा ११.५, जोमसोममा ८.५ र पोखरामा ३ मिमि पानी परेको विभागले जनाएको छ।
आगामी २४ घण्टामा बागमती प्रदेश र गण्डकी प्रदेशका केही भूभाग र मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ।