एमाले सचिवमा टंक कार्कीको उम्मेदवारी
नेकपा (एमाले) का नेता टंक कार्कीले पनि सचिव पदमा उम्मेदवारी दिएका छन्।
सोमबार सौराहास्थित होटल सेभन स्टारमा चलिरहेको एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा कार्कीले सचिव पदमा उम्मेदवारी दिएका हुन्। उनी एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको पदाधिकारीको सूचीमा परेका थिएनन्।
ओलीले जारी गरेको सचिवको सूचीमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल छन्।
त्यस्तै, सचिवमा भीम आचार्यले पनि उम्मेदवारी दिइसकेका छन्। कार्कीले उम्मेदवारी दिएपछि सात जना सचिवका लागि नौ जना उम्मेदवार हुने भएका छन्।