एमाले नेता पशुपति चौलागाईंको कोभिड–१९ बाट निधन
नेकपा (एमाले)का नेता पशुपति चौलागाईंको कोभिड–१९ बाट निधन भएको छ।
दोलखा स्थायी घर भएका नेता चौलागाईंको मंगलबार राति १० बजेतिर निधन भएको पत्रकार सरोज दाहालले जानकारी दिए। उनले हिमालखबरसँग भने, “दाइको केही बेरअघि निधन भयो, हामी अस्पतालमै छौं।”
एमाले पोलिट्ब्यूरो सदस्य चौलागाईं बागमती प्रदेश सभा सदस्य हुन्। उनी दुई पटक संघीय सांसद बनेका थिए। उनी दोस्रो संविधान सभामा सभासद् समेत थिए।