लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। तीनै दलका ४१ जना सांसदको हस्ताक्षरसहित प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिएको कांग्रेस सांसद फख्रुद्दिन खानले बताए।
जसमा कांग्रेसका १९, माओवादीका १७ र जसपाका ५ सांसदले हस्ताक्षर गरेका छन्। कांग्रेस, माओवादी र जसपाले दर्ता गराएको अविश्वास प्रस्तावमा माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ।
लुम्बिनी प्रदेश सभामा ८७ सदस्य छन्। माओवादी छोडेर एमालेमा गएका २ जना सांसदको पद खारेज भएको छ।
अब प्रदेश सभामा एमालेका ४१, कांग्रेसका १९, माओवादीका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन्।