कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात
पूर्वमन्त्री एवं कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ।
शरीरको देब्रपट्टि समस्या देखिएपछि नेता जोशीलाई बिहीबार राति वीर अस्पताल लगिएको थियो। उनको बिहीबार राति वीरमै उपचार गरिएको थियो।
नेता जाेशीलाई आज बिहान वीरबाट नर्भिक अस्पताल लगिएको उनका सहयोगी पुष्कर पाण्डेले बताए। पाण्डेका अनुसार अहिले नर्भिक अस्पतालमा शल्यक्रियाको तयारी गरिएको छ।
उनलाई ‘थलामिक ह्यामरेज’ भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार नेता जोशीको मस्तिष्कको संवेदनशील भागमा रगत जमेको छ।