बारपाकमा मृत भेटिए एकै परिवारका तीन जना
गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकमा एकै परिवारका तीन जना मृत भेटिएका छन्।
बारपाकका ८४ वर्षीय टिलबहादुर गुरुङ, उनकी बुहारी २१ वर्षीया आइतीमाया गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ साेमबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्र गुरुङले बताए। उनका अनुसार तीनै जना सुतेकै ठाउँमा मृत भेटिएका हुन्।
आज बिहान अबेरसम्म टिलबहादुरको घरमा चहलपहल नभएपछि स्थानीय गएर हेरेका थिए। उनीहरू तीनै जना सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएको एसपी गुरुङले बताए।
घटनाको अनुसन्धानका लागि बारपाक प्रहरी चौकीकाे टोली घटनास्थल पुगेकाे छ। त्यस्तै इलाका प्रहरी कार्यालय जौबारीबाट थप प्रहरी परिचालन गरिएको एसपी गुरुङले बताए।