करीब ७४ करोडमा बन्यो भूकम्पले क्षति पुर्याएको महान्यायाधिवक्ता कार्यालयको नयाँ भवन
महान्यायाधिवक्ता कार्यालयका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ भवन निर्माण गरेको छ।
२०७२ को भूकम्पले पुरानो भवनमा क्षति पुर्याएपछि रामशाह पथमा सर्वोच्च अदालतदेखि उत्तरपट्टी पुरानै स्थानमा महान्यायाधिवक्ता कार्यालयका लागि नयाँ भवन निर्माण गरिएको हो।
७३ करोड ६९ लाख रूपैयाँमा नयाँ भवन निर्माणको सम्झौता ३१ असार २०७५ मा भएको थियो। दुई वर्ष ६ महीनाभित्रमा पुनर्निर्माण सक्ने गरी सम्झौता भएअनुसार महान्यायाधिवक्ता कार्यालयको भवनको निर्माण कार्य सकिएको छ।
भोलि, बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त भवन उद्घाटन गर्दैछन्। आठ तल्ले उक्त भवन १७२ वटा कोठासहितको छ।