अधिकारीलाई ‘दयाराम स्मृति मानवअधिकार सम्मान’, गैरेलाई ‘मानवअधिकार पुरस्कार’
राष्ट्रिय मानवअधिकार आयोगबाट प्रदान गरिँदै आएको ‘दयाराम स्मृति मानवअधिकार सम्मान’ यस वर्ष मानवअधिकारकर्मी तथा अभियन्ता रेणु अधिकारी र ‘मानवअधिकार पुरस्कार’ पत्रकार तथा मानवअधिकारकर्मी झलक गैरेलाई प्रदान गरिने भएको छ।
आयोगले अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भमा मानवअधिकार सम्मान तथा पुरस्कारको घोषणा गरेको हो। सम्मानित हुने अधिकारी महिला मानवअधिकार रक्षक सञ्जाल (ओरेक) नेपालका संस्थापक तथा लैङ्गिक समानता, लैङ्गिक न्याय र महिला हिंसाको न्यूनीकरणको अभियानमा विगत तीन दशकदेखि क्रियाशील छन्।
पुरस्कृत हुने गैरे नेपालगञ्जस्थित नेपालगञ्ज दैनिकको प्रधान सम्पादक, रेडियो भेरी आवाजका स्टेशन प्रमुख, नेपाल पत्रकार महासंघको पूर्वकेन्द्रीय सदस्य÷प्रदेश संयोजक हुन्। गैरेले पत्रकारिताको माध्यमबाट मानवअधिकारको संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको आयोगले जनाएको छ।
आगामी दिनमा उनीहरूले मानवअधिकारको क्षेत्रमा थप योगदान पुर्याउने आयोगले विश्वास लिएको प्रवक्ता टीकाराम पोखरेलले बताएका छन्।