भारतले नेपाली सेनालाई दियो १० थान भेन्टिलेटर
भारतीय राजदूतावासले नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग गरेको छ। आइतबार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा भारतीय राजदूत विनयमोहन क्वात्राले सेनापति पूर्णचन्द्र थापालाई कोभिड-१९ महामारीविरुद्ध लड्नका लागि आवश्यक पर्ने १० थान भेन्टिलेटर हस्तान्तरण गरेका हुन्।
दूतावासका अनुसार ती भेन्टिलेटरहरू आईसीयूको सपोर्टमा काम गर्ने जनाइएको छ। कोरोना महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि भारतले उपलब्ध गराएका भेन्टिलेटरले सहयोग पुर्याउने नेपाली सेनाले जनाएको छ ।