तीन नेताको सहमतिमा नेकपा बैठक स्थगित
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ। आज ११ बजे बोलाइएको बैठक स्थगित गरिएको हो।
बैठक २२ असारमा बोलाइएको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच परामर्श गरी बैठक स्थगित गरेका हुन्। दाहालका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाका अनुसार, प्रधानमन्त्री ओली र नेता नेपालसँग टेलिफोन परामर्श गरी बैठक स्थगित गरिएको हो।
दुई अध्यक्ष बीच सम्वाद गरी बैठक एघार बजेबाट बस्ने तय भएको थियो। तर, थप छलफल गरौं भन्नेमा नेताहरु बीच सहमति भएपछि बैठक स्थगित गरिएको सापकोटाले बताए। बैठक स्थगित भए पनि शीर्ष नेताहरु बीच सम्वाद जारी रहने भएको छ।
दाहाल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाँदैछन्।