पछिल्लो २४ घण्टामा भेटिए थप ४७३ जना कोरोना संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा ४७३ जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४५१९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये १०९ जना महिला र ३६४ जना पुरूष रहेका छन्।
संक्रमितमध्ये ५३२० जना निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टिनमा ३८१०९ जना छन् भने ९१६८ जनाको आइसोलेसनमा उपचार भइराखेको छ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २३७७६४ जनाको नमूना परीक्षण भएको छ। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।