भीम अस्पतालबाट २५ संक्रमित निको भएर घर फर्के
रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचारत २५ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।
भीम अस्पतालका अनुसार, निको हुनेहरु मध्ये गैंडहवा गाउँपालिकाका १० जना, लुम्विनी सांस्कृतिक नगरपालिकाका ४ जना, कपिलवस्तुका पाँच जना, नवलपरासीका तीन जना, रुपन्देहीको कोटहीमाई गाउँपालिकाका एक जना, एक जना भारतीय नागरिक र सिद्धार्थ नगरपालिकाका एक जना छन्।
३० वैशाखमा कोरोना पोजेटिभ रिपाेर्ट आएपछि उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।
डिस्चार्ज भएपछि उनीहरुले अस्पताल परिसरमा नाचगान समेत गरेका थिए।