रिपोर्ट सोमबार, चैत २४, २०७६

सुदूरपश्चिमका स्थानीय जनप्रतिनिधिको चिन्ता, 'भोट चाहि‌ंदा आऊ भन्यौं, अहिले नाइँ कसरी भनौं ?'

मुकेश पोखरेल

सुदूरपश्चिमका स्थानीय जनप्रतिनिधिको चिन्ता, 'भोट चाहि‌ंदा आऊ भन्यौं, अहिले नाइँ कसरी भनौं ?'

रोजगारीका क्रममा भारतमा रहेका नेपालीहरूले टेलिफोन गरी घर फर्कने वातावरण मिलाइदिन आग्रह गर्न थालेपछि सुदूरपश्चिम प्रदेशका स्थानीयतहका जनप्रतिनिधिहरू दबाबमा परेका छन् ।

दार्चुलाको महाकाली नगरपालिकाका नगरप्रमुख हंसराज भट्टलाई हरेक दिन भारतबाट आउने टेलिफोनले झस्काउँछ ।

भारतमा काम गर्न गएका स्थानीयले उनीसँग दैनिकजसो फोनमार्फत गर्ने एउटै आग्रह हो, “नाका खोल्न पहल गर्नुपर्‍यो” । तर भट्ट आफैसँग यसको उत्तर छैन ।

कोरोनाभाइरसको संक्रमण रोक्नका लागि सरकारले बन्दाबन्दी लागू गरेपछि भारतको धार्चुला जिल्लासँग जोडिएको सीमावर्ती नगरपालिका हो, महाकाली । भारतसँग सिमाना जोडिएको र जिल्ला सदरमुकामको नगरपालिका भएको हुनाले अन्य गाउँका जनप्रतिनिधिहरूले पनि उनैसँग सोधखोज गर्छन् ।

स्थानीय दबाब थेग्न नसकेपछि भट्टकै पहलमा दुई पटकसम्म त सिमाना पारी अलपत्र नेपालीको उद्धार गर्ने काम भएको छ तर सबै अधिकार उनको हातमा छैन भन्ने सीमा पारी अलपत्र नेपालीले बुझिदिदैनन् । “मानिसको बुझाइ हामीले गर्न सक्छौं भन्ने छ । सिमाना खोल्ने विषय हाम्रो होइन । संघीय सरकारलाई पटकपटक भन्यौं तर मिल्दैन भनेपछि अहिले नाकाबन्द छ,” उनी भन्छन् ।

बन्दाबन्दीपछि पनि दार्चुलाको उक्त नाकाबाट एक पटकमा ७२ र अर्को पटक तीन सय २७ जना नेपालीलाई भित्र्याइएको भट्टले जानकारी दिए । अझैँ एक हजार ६ जना नेपाली सीमाना पारी नै छन् । करिब एक सय जना महाकाली नदी पौडेर नेपाल प्रवेश गरेका छन् ।

बन्दाबन्दीपछि नेपाल आउन नपाएर भारतमा अलपत्र नेपालीहरूको यस्तै दबावमा परेका छन्, सुदूरपश्चिमका अधिकांश स्थानीय तह । “नेपाली दाजुभाइ अलपत्र परेका छन्, उनीहरूको आशा, भरोसा हामीमाथि छ । हामी केही गर्नसक्दैनौं,” भट्ट आफैसँग गुनासो गर्छन् ।

नेपालमा अहिलेसम्म सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएको सुदूरपश्चिम प्रदेश हो । अहिलेसम्म त्यहाँ ४ जना संक्रमित भेटिएका छन् । तीमध्ये २ जना भारतबाट आएका छन् । त्यसकारण पनि सुदूरपश्चिममा संक्रमितको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

डोटी जिल्लाको पूर्वचौकी गाउँपालिकाका अध्यक्ष दिर्घ राज बोगटी भारतको मुम्बई, दिल्लीलगायत ठाउँबाट स्थानीयले गाउँ फर्काइदिन भन्दै फोन गरिरहेको बताउँछन् । उनका अनुसार बन्दाबन्दीका कारण तीन हजारभन्दा बढी स्थानीय पूर्वचौकी गाउँपालिका आउन पाएका छैनन् ।

बन्दाबन्दीपछि पनि दार्चुलाको उक्त नाकाबाट एक पटकमा ७२ र अर्को पटक तीन सय २७ जना नेपालीलाई भित्र्याइएको भट्टले जानकारी दिए । अझैँ एक हजार ६ जना नेपाली सीमाना पारी नै छन् । करिब एक सय जना महाकाली नदी पौडेर नेपाल प्रवेश गरेका छन् ।

“हामी मरेपनि आफ्नै गाउँमा आएर मर्छौं, गाउँ आउने वातावरण मिलाउनु पर्यो भनेर भारतमा रहेका दाजुभाइले रोएर फोन गर्छन्,” उनी भन्छन् “आफ्नो देशमा आउन दिंदैनौ भन्न पनि भएन, बाहिरबाट आउने मानिसलाई व्यवस्थापन गर्न पनि गाह्रो हुनेभयो ।” सबै मानिस आउँदा उनीहरूलाई व्यवस्थापन गर्ने हैसियत गाउँपालिकासंग नभएको बोगटी बताउँछन् ।

भारतमा रहेका नेपालीहरूको दबाव थेग्नसक्ने अवस्था नभएपछि अछामको चौरपाटी गाउँपालिकाले वडा कार्यालयमार्फत घरघरमा पुगेर रोजगारीका क्रममा भारतमा भएका नेपालीको लगत लिन सुरु गरेको छ ।

चौरपाटी गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदका अनुसार भारतमा रहेका नेपालीहरू आएपछि कसरी व्यवस्थापन गर्ने भनेर घरघरमापुगेर लगत संकलन गर्न लागिएको हो ।

साउद आफ्नो गाउँपालिकाबाट करिब ९ हजार नेपाली भारतमा रहेको अनुमान गर्छन् । सुदूरपश्चिमका हरेक स्थानीय तहका जनप्रतिनिधि अहिले यस्तै दबाबमा परेका छन् ।

शिवनाथ गाउँपालिका बैतडीका जनप्रतिनिधि पनि यस्तै अफ्ठेरो सामना गरिरहेका छन् । भारतमा भएका नेपाली र आफन्तले नेपाल आउने व्यवस्था मिलाउनका लागि दिएको दबाप धान्नै नसक्ने स्थिती भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउद बताउँछन् ।

नेपालमा अहिलेसम्म सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएको सुदूरपश्चिम प्रदेश हो । अहिलेसम्म त्यहाँ ४ जना संक्रमित भेटिएका छन् । तीमध्ये २ जना भारतबाट आएका छन् । त्यसकारण पनि सुदूरपश्चिममा संक्रमितको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

उनका अनुसार दिल्ली र मुम्मबईमा रहेका नेपालीले आफ्नै खर्चमा सीमानासम्म आउन तयार भएको र त्यसका लागि नाकाबाट नेपाल भित्रिने व्यवस्था गरिदिन दबाव दिएका छन् ।

“दिल्ली। र बम्बईमा रहेका नेपालीले दैनिक फोन गर्छन्,” साउद भन्छन् “आउनुहोस् भनेर बोलाउन सक्ने अवस्था पनि छैन, नआउनुस भनेर भन्न पनि सक्दैनौं । भोट चाहिँदा आउनु भन्ने अहिले नआउ भनेर कसरी भनौं ?” भारतमा पनि कोराना रोकथामका लागि बन्दाबन्दी चलिरहेको छ । यद्यपी, उनीहरूले जसरी भएपनि सीमानासम्म आउँछौं भनेर जिद्दी गरिरहेका छन् ।

गाउँमा बढ्यो त्रास
कैलाली र कञ्चनपुरमा भारतबाट आएका दुई जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएपछि गाउँमा त्रास बढेको छ । सुदूरपश्चिमका सामाजिक विकासमन्त्री कृष्ण सुवेदीका अनुसार २३ फागुनदेखि ८ चैतसम्म सुदूरपश्चिमका विभिन्न जिल्लामा एक लाख ४३ हजार ३ सय २५ जना भारतबाट आएका थिए । त्यसमध्ये गाउँपालिका तहमा बनाइएका क्वारेन्टाइनमा २ हजार ३ सय ३६ जनामात्र छन् ।

क्वारेन्टाइनमा भएका मध्ये ४९ जना बालबालिका, १ सय ६६ महिला र बाँकी पुरुष हुन् । सुदूरपश्चिममा आइतबारसम्म १ सय ६९ जनाको स्वाब परिक्षणका लागि पठाइएकोमा१६५ जनाको नतिजा प्राप्तभएको छ । त्यसमध्ये ४ जना संक्रमित देखिएका छन् ।

भारतबाट आउनेहरूसीमा क्षेत्रमा सामान्य ज्वोरो मात्र जाँच गरिएको थियो । सुरुमा कोरोनाभाइरसको लक्षण नदेखिने भएकाले ज्वोरो छैन भन्दैमा ढुक्क हुने अवस्था नभएको उनी बताउँछन् ।

भारतबाट आएकामा संक्रमण देखिएको र आएको ठूलो संख्यामा मानिसहरू क्वारेन्टाइनमा नबसेकाले मानिसमा संक्रमणको त्रास देखिएको सुवेदी बताउँछन् । दार्चुला जिल्लामा ७ सय क्वारेन्टाइन बेड भएपनि २ सय जना मात्रै क्वारेन्टाइनमा छन् ।

चौरपाटी ४ अछामका वडाअध्यक्ष हर्कबहादुर लोहार भारतबाट आएकाहरूले “सीमानामा चेक जाँच भएको हो, हामीलाई केही भएको छैन” भन्दै गाउँमा निस्फिक्री घुम्दा गाउँले त्रसित बनेको बताए ।

भारतबाट आउनेहरूसीमा क्षेत्रमा सामान्य ज्वोरो मात्र जाँच गरिएको थियो । सुरुमा कोरोनाभाइरसको लक्षण नदेखिने भएकाले ज्वोरो छैन भन्दैमा ढुक्क हुने अवस्था नभएको उनी बताउँछन् ।

सामाजिक विकासमन्त्री सुवेदीभने स्थानीयतह र प्रहरी प्रशासनको निगरानीमा नभएकाहरूलाई खोजी गर्नका लागि आग्रह गरिएको बताउँछन् ।

अहिले डढेलधुरा, बैतडी, बाजुरा, दार्चुला, अछाम, डोटी लगायतका पहाडी जिल्लामा भारतबाट फर्केकाहरूको कोरोनाभाइरसको परिक्षण गर्न माग आएको सामाजिक विकासमन्त्री सुवेदीले जानाकारी गराए ।

प्रतिकृया दिनुहोस