HimalKhabar.com :: A Complete Nepali Political News Portal
विद्यार्थी नेताको विडम्बना
विद्यार्थी नेताको विडम्बना -शेखर खरेलयदि विद्यार्थी राजनीतिमा उमेर हद नलाग्ने हो भने शासनसत्ता युवाको हातमा आउनुपर्छ भन्नुको कुनै अर्थ छैन । एकातिर नयाँ पुस्ताले मुलुकको शासनको बागडोर लिनुपर्ने माग छ, अर्कातिर नेतृत्वका लागि लालायित विद्यार्थी भने सम्पूर्ण युवावय नै कलेजको सँघारभित्रै कटाइरहेका देखिन्छन् । ऊर्जाशील समय शैक्षिक प्रतिष्ठानमै सिध्याउने विद्यार्थी नेताहरुले कुन उमेरमा राष्ट्रिय राजनीतिको बागडोर सम्हाल्ने हुन् भन्ने प्रश्न गम्भीर छ ।अमेरिका र बेलायतमा ४३ वर्षका व्यक्ति राष्ट्रपति र प्रधानमन्त्री बन्छन् । तर, यहाँ भने विद्यार्थी राजनीतिमै भेटिन्छन् ।