‘हुवावे मेट ट्वान्टी प्रो’ बजारमा
हुवावेले मेट ट्वान्टी प्रो स्मार्टफोनको बिक्री शुरु गरेको छ । यो फोनमा अल्ट्रा वाइड एंगल लेन्ससहितको लाइका ट्रिपल क्यामरा जडान गरिएको छ ।
सोफिस्टिकेटेड थ्रीडी फेस रेग्कनिसन, इनस्क्रीन फिङ्गर प्रिन्ट सेन्सर, सिनेमा मोड, ४२०० एमएएचको ब्याट्री लगायतका विशेषता रहेको यो स्मार्टफोनमा ओएलइडी ६.३९ इन्चको स्क्रीन छ ।
यसमा किरिन ९८० सहितको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), ४० वाटको सुपरचार्ज तथा वायरलेस रिभर्स चार्जजस्ता अत्याधुनिक विशेषता छन् । यसले १५ देखि ४० वाटसम्म वायरलेस चार्जलाई सपोर्ट गर्दछ । रिभर्स चार्जिङलाई पनि सपोर्ट गर्ने हुनाले मेट ट्वान्टी प्रोलाई पावर ब्यांकका रूपमा पनि काम गर्न सकिने कम्पनीले जनाएको छ ।
एमरालन्ड ग्रिन रंगमा उपलव्ध यो स्मार्टफोनको मूल्य एक लाख २९ हजार ९०० रुपैयाँ तोकिएको छ ।