भारतका राष्ट्रपति मुखर्जी जनकपुरमा
नेपालको तीनदिने भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी जनकपुर पुगेका छन् ।
काठमाडौँबाट बुद्ध एअरको विमानबाट हिमाली शृङ्खलाको दृश्यावलोकन गर्दै आज अपराह्न जनकपुर विमानस्थल उत्रिदा राष्ट्रपति मुखर्जीलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र धनुषाका प्रमुख जिल्ला अधिकारीले स्वागत अभिवादन गरेका थिए ।
राष्ट्रपति मुखर्जीले अहिले जनकपुरमा अवस्थित जानकी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ । साथै, उनले त्यहाँ 'नागरिक अभिनन्दन' ग्रहण गर्ने कार्यक्रम छ ।
भारतका राष्ट्रपति मुखर्जी कात्तिक १७ गते नेपाल आएका हुन् । उनी आजै जनकपुरबाट पोखरा जाने कार्यक्रम छ ।
रासस