पूर्व राष्ट्रपति यादव र भारतीय राष्ट्रपति मुखर्जीबीच भेटवार्ता
भारतका राष्ट्रपति प्रणव मुखर्जी र पूर्व राष्ट्रपति डा.रामवरण यादवबीच आज भेटवार्ता भएको छ ।
भेटका अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको थियो ।
राष्ट्रपति मुखर्जी र पूर्व राष्ट्रपति यादवबीच व्यक्तिगत मित्रतासमेत रहेको छ । अध्ययनका क्रममा यादव कोलकातामा रहँदा मुखर्जीसँग मित्रता कायम भएको हो । रासस