मोक ट्रेडिङ् शुरु, अनलाइन ट्रेडिङ् दुई महीनाभित्र
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अनलाइन ट्रेडिङ दुई महिनाभित्र सञ्चालनमा ल्याउने भएको छ ।
१ असोजमा पत्रकार सम्मेलन गर्दै नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदले दुई महिनाभित्र अनलाइन ट्रेडिङ सञ्चानलमा आउने जनाएका हुन् ।
अनलाइन ट्रेडिङ् सञ्चालनमा आएपछि शेयर खरीद बिक्री गर्न ब्रोकर कार्यालय जानुपर्ने बाध्यताको अन्त्य हुनेछ ।
लगानीकर्ताले ब्रोकर कार्यालयबाट शेयर कारोबार गर्न ‘यूजर नेम’ र ‘पासवर्ड’ लिई आफैं शेयर खरीद बिक्री गर्न सक्नेछन् ।
लगानीकर्तालाई अनलाइन ट्रेडिङ्सँग अभ्यस्त बनाउन २ असोजबाट ‘मोक’ ट्रेडिङ् सञ्चालनमा ल्याइएको छ ।
नेप्सेका आईटी विभाग प्रमुख निरञ्जय नायकले एकै पटक कारोबारमा जाँदा लगानीकर्तालाई अफ्ठ्यारो पर्ने भएकाले मोक ट्रेडिङ् शुरु गरिएको जानकारी दिए ।
नेप्सेले गत २२ भदौबाटै अनलाइन कारोबार गर्ने तयारी गरेको भएपनि ब्रोकरहरुले नेप्सेको सिस्टम आफ्नो कार्यालयमा जोड्न नसक्दा निर्धारित समयमा मोक ट्रेडिङ् शुरु हुन सकेको थिएन ।