रुपन्देहीको शुद्धोधनमा एनआईसी ब्यांकको शाखारहित सेवा
एनआईसी एशिया ब्यांक लिमिटेडले रुपन्देहीको शुद्धोधन गाउँपालिकाको भुजौलीमा १८औं शाखारहित ब्यांकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
ब्यांकले उक्त शाखारहित ब्यांकिङ सेवाको प्रतिनिधिमा गंगा ढकाललाई नियुक्त गरेको छ । शाखारहित सेवाबाट ग्राहकले खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने, कर्जा लगायतको सेवा पाउँछन् ।
एनआईसी एशिया ब्यांकका मुलुकभर २३८ शाखा, २३२ एटीएम एवं १४ एक्सटेन्सन काउण्टर छन् ।