एनसेललाई फ्रोस्ट एण्ड सलिभन अवार्ड
मोबाईल सेवा प्रदायक कम्पनी एनसेल प्राईभेट लिमिटेड (एनसेल) फ्रोस्ट एण्ड सलिभन नेपाल मोबाईल सेवा प्रदायक २०१६ अवार्डबाट सम्मानित भएको छ । अन्तर्राष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले प्रदान गर्दै आएको यो अवार्ड एनसेलले दोस्रो पटक प्राप्त गरेको हो ।
हरेक वर्ष सिङगापुरमा आयोजित कार्यक्रममा एशिया प्रशान्त क्षेत्रका उत्कृष्ट कम्पनीहरुलाई यो अवार्डबाट सम्मानित गरिन्छ । अटोमोटिभ, उर्जा, भवननिर्माण तथा पर्यावरण, स्वास्थ्य सेवा, सुचनातथा संचार प्रविधितथा लजिस्टिक्स लगायतका उत्कृष्ट कम्पनीहरु यसबाट सम्मानित भईसकेका छन् ।
दोस्रो पटक अवार्ड प्राप्त गरेपछि एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले भने, “एनसेल आफ्नो नेटवर्कमा महत्वपुर्ण सुधार ल्याउन र थप नविन सेवाहरु देशैभर पुर्याउन प्रतिवद्ध छ ।”
नेपालमा एनसेल प्रा.लि. सन् २००४ मा देशको पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनीका रूपमा स्थापना भएको हो । २९ चैत २०७२ आजीयाटा ग्रुपबर्हादले रेनल्डस होल्डिको सत् प्रतिशत सेयर खरिदसँगै एनसेल आजीयाटा ग्रुपसँग आबद्ध भएको हो ।