‘सिलेरियो एक्स’ बजारमा
सीजी मोटोकर्पले सुजुकीको ‘सिलेरियो एक्स’ बजारमा ल्याएको छ ।
सिलेरियो एक्स मा एरोडाइनामिक शैली र गाडीको अगाडि भागमा एक्स् थीममा आधारित ग्राफिक्स रहेको छ ।
ग्रिल, फोगगार्निस, क्लाड, रुफ गार्निस र इन्टेरियरमा लगाइएको चमकदार कालो आवरणले गाडी स्टाइलिस देखिएको कम्पनीले दाबी गरेको छ ।
सिलेरियो एक्स आर्कटिक ह्वाइट, ग्लिसनिङ ग्रे, क्याफिन ब्राउन, टर्क ब्लू र ओरेन्ज सिग्नेचर रंगमा उपलब्ध रहेको छ ।
कालो इन्टेरियरमा सेतो रंगको परिष्वृmत समायोजनले गाडीको इन्टेरियर स्र्पोटी देखिएको कम्पनीले जनाएको छ ।
यसमा डुयल एयर ब्याग र एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस) को विशेषता रहेको छ । चालकको साइडमा सिट बेल्ट रिमाइन्डर पनि राखिएको छ ।
‘पर्फेक्ट फेमिली कार’ को उपमा दिइएको यो गाडीमा अडियो माउन्टेड कन्ट्रोल सहितको म्युजिक सिस्टम, कि–लेस इन्ट्री, चालक सिटको उचाई घटबढ लगायतका विभिन्न आरामदायी विशेषता रहेका छन् ।
के–नेक्सट इन्जिनयुक्त यो गाडीले २३.१ किलोमीटर माइलेज दिने दाबी गरिएको छ । यसको बजार मूल्य रु. २६ लाख ९९ हजार तोकिएको छ ।