सभामुखमा महराको उम्मेदवारी दर्ता
प्रतिनिधिसभाको सभामुखका लागि नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले उम्मेदवारी दर्ता गराएका छन् ।
वाम गठबनधनको तर्फबाट उम्मेदवार बनेका सभामुखको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्बाङ छन् । त्यस्तै माओवादी केन्द्रका नेता देव गुरुङ समर्थक छन् ।
निर्वाचन आयोगले सभामुखको लागि आज १ बजेसम्म उम्मेदवारी दिने समय तोकेको छ ।